Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

इरानको आक्रमणपछि कतारको उडान प्रभावित, यात्रुहरू रातभर अलपत्र

इरानको आक्रमणपछि कतारको उडान प्रभावित, यात्रुहरू रातभर अलपत्र

मंगलवार , आषाढ १०, २०८२

काठमाडौं । इरानले अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेपछि काठमाडौंदेखि कतार जाने अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् ।

हिजो साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहाका लागि उडेको कतार एयरवेजको विमान इरान–अमेरिका तनावका कारण ओमानको मस्कटमा आकस्मिक अवतरण गरेको हो ।

कतारले आक्रमणपछि आफ्ना आकाशमार्गहरू अस्थायी रूपमा बन्द गरेकाले उडान अवरुद्ध भएका छन् ।

यसका कारण नेपाल एयरलाइन्सको राति ११ बजे तय भएको दोहा उडानसमेत प्रभावित भएको छ । सो विमान हाल त्रिभुवन विमानस्थलमै रोकिएको छ।

कतार जाने यात्रुहरू रातभर विमानस्थलमै अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077