रसुवा । कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा फिजीका ५५ वर्षीय दलिप सिंह रहेका छन् ।
यही असार ७ गते चीनको भूभागमा उनको मृत्यु भएको थियो।
मृतक सिंहको शव केरूङदेखि स्याफ्रुबेँसी हुँदै हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
उनको मृत्युको कारण भने खुल्न सकेको छैन।