काठमाडौं । सुक्खा पहिरो र बाढीको कारण कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् ।
ललितपुरको वाग्मती गाउँपालिका–३ स्थित रातो भिरबाट सुक्खा पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध भएको हो ।
यो मार्ग भट्टेडाँडा हुँदै मकवानपुर जोड्ने मुख्य सडक हो, जसले अहिले यातायात पूर्ण रूपमा ठप्प पारेको छ ।
त्यस्तै, आज बिहान ५ः२० बजे परेको अविरल वर्षाका कारण ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सीमास्थित भँडारे खोलामा लेदो मिसिएको बाढी आउँदा सिद्धिचरण लोकमार्ग पनि पूर्ण रूपमा बन्द भएको छ।
प्रहरीका अनुसार दुवै सडक खण्ड खुलाउन सडक विभागसँग समन्वय गरी काम भइरहेको छ । पहिरो पन्छाउने र बाढीको अवरोध हटाउने प्रयास तीव्र पारिएको जनाइएको छ ।