Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

अस्पतालको रकम हिनामिना गरेको आरोपमा लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अस्पतालको रकम हिनामिना गरेको आरोपमा लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सोमवार , आषाढ ९, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसमेत तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अस्पतालको बिलिङ काउन्टरमा उठेको रकम बैङ्क दाखिला नगरी अनधिकृत रुपमा हिनामिना गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको हो ।

आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत शङ्करप्रसाद सुवेदी, करारमा कार्यरत तृप्ती शाही ठकुरी भन्ने तृप्ती शाहीविरुद्ध रु २५ लाख ६७ हजार ५२६ बराबरको बिगो माग दाबी गरेको छ ।

अस्पतालमा रहेको कुमारी बैङ्कका एक्स्टेन्सन काउन्टरको तत्कालीन इञ्चार्ज गोमा सिँजाली मगरविरुद्ध पनि समान बिगो माग दाबी गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077