Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

रौतहटमा बस दुर्घटना हुँदा १० जना घाइते

रौतहटमा बस दुर्घटना हुँदा १० जना घाइते

सोमवार , आषाढ ९, २०८२

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–२ मा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेहरुमध्ये ७ जना भारतीय नागरिक छन् ।

काठमाडौंबाट महोत्तरीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२१६ नम्बरको को आज बिहान साढे चार बजेतिर आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।

बस अनियन्त्रित भएर सडकबाट करिब ७ फिट तल खस्दा सात भारतीय नागरिकसहित १० जना घाइते भएको रौतहट प्रहरी जानकारीले दिएको छ ।

बसमा २५ जना सवार थिए । घाइते हुनेहरुमा भारत सितामढी जिल्ला बस्ने वर्ष ४४ की रेखा देवी, वर्ष २२ की जहदेवी झा, वर्ष ११ का बिसु कुमार पटेल, दरभंगा जिल्ला बस्ने वर्ष २६ का मोहमद अमज र मोहमद अकिल छन् ।

यस्तै वर्ष ३८ की नरगिस खातुन र वर्ष २ का आयस प्रतिक पनि घाइते भएको प्रहरीले जनाएको छ ।

यस्तै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– १ का २३ वर्षीय अनुष्का निगम, जनकपुरका ३५ वर्षीया सन्तोषी ठाकुर र महोतरी जलेश्वर नगरपालिका ४ की ४३ वर्षीय पुनम ठाकुर पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077