Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

हमासले बन्धक बनाएका ८ जनाको शव भेटियो, विपिनको अवस्था अझै अज्ञात

हमासले बन्धक बनाएका ८ जनाको शव भेटियो, विपिनको अवस्था अझै अज्ञात

सोमवार , आषाढ ९, २०८२

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शनिबार योनाटन समेरानो, ओफ्रा केदार र स्टाफ सार्जेन्ट शाई लेभिनसनको शव फेला परेको बताएका छन् ।

उनका अनुसार यो महिनामै गाजाबाट जम्मा आठ जना बन्धकको शव भेटिएको हो ।

नेतन्याहूले मृतक परिवारप्रति समवेदना प्रकट गर्दै बन्धकहरूलाई फर्काउने अभियान जारी रहने बताएका छन् । “हामी जीवित वा मृत सबै अपहरणमा परेकालाई फिर्ता ल्याउँछौँ,” विज्ञप्ती जारी गर्दै उनले भने ।

यस्तै नेपालका विपिन जोशीको अवस्था भने अझै खुल्न सकेको छैन । गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणमा उनी बन्धक बनिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077