Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

आज देशका यी स्थानमा हुनेछ भारी वर्षा

आज देशका यी स्थानमा हुनेछ भारी वर्षा

सोमवार , आषाढ ९, २०८२

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ ।

कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागको केही स्थानहरूमा तथा बाँकी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च(पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077