काठमाडौं । काठमाडौं महानगरपालिकाले गैरीधारास्थित सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको आरोपमा श्री रेक्स प्रेफव एन्ड कन्स्ट्रक्सन प्रालिलाई ५० हजार रुपैयाँ जरिबाना गरेको छ ।
महानगरपालिकाका अनुसार, उक्त कम्पनीले गैरीधारामा सार्वजनिक सम्पत्तिको दुरुपयोग र क्षति पुर्याएको पाइएपछि यो कारबाही गरिएको हो ।
साथै, उक्त कम्पनीलाई क्षति भएको सम्पत्तिलाई पूर्ववत् अवस्थामा निर्माण गर्न आदेश दिइएको छ ।
महानगरले सार्वजनिक सम्पत्तिको संरक्षण र दुरुपयोग रोक्न कडा कदम चाल्ने नीति लिएको जनाएको छ।