Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेठमा ३२ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपियो

जेठमा ३२ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपियो

शुक्रवार , आषाढ ६, २०८२

काठमाडौं । सरकारले जेठमा ३२ अर्ब रुपैयाँ सार्वजनिक ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाखको तुलनामा ३२ अर्ब रुपैयाँ ऋण थपिएको हो ।

यससँगै मुलुकले तिर्नुपर्ने कुल सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । खर्च स्रोतका रूपमा सरकारले सार्वजनिक ऋण परिचालन गर्दछ ।

चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवातमा २४ खर्ब ३४ अर्ब रुपियाँ सार्वजनिक ऋण रहेकामा ११ महिनासम्म दुई खर्ब २० अर्ब ५८ करोड रुपैयाँ ऋण थपिएको कार्यालयले जनाएको छ ।

कुल सार्वजनिक ऋणमध्ये १३ खर्ब ८२ अर्ब रुपैयाँ वैदेशिक ऋण रहेको छ । त्यस्तै १२ खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋणको दायित्व रहेको छ ।

वैदेशिक र आन्तरिक ऋणबाहेक विनिमय दरमा भएको वृद्धिका कारण नेपालले थप ७३ अर्ब रुपैयाँ नोक्सानी बेहोर्नुपर्ने देखिन्छ । उक्त रकमलाई कार्यालयले वैदेशिक ऋणकै दायित्वमा जोडेको छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077