Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘कुलिङ पिरियड’बारे प्रधानमन्त्री ‘ब्याक’ हुँदा कांग्रेस–माओवादी नजिक

‘कुलिङ पिरियड’बारे प्रधानमन्त्री ‘ब्याक’ हुँदा कांग्रेस–माओवादी नजिक

शुक्रवार , आषाढ ६, २०८२

काठमाडौं । निजामती सेवामा दुईवर्षे ‘कुलिङ पिरियड’ ’विषयमा प्रमुख राजनीतिक दलहरू विभाजित भएका छन् । यस विषयमा सत्तारूढ दलहरू नै विभाजित भएपछि अन्योल बढेको छ ।

उच्च ओहोदामा आसीन कर्मचारीको प्रभावमा परेर सरकार ‘ब्याक’ भएको आरोप नेताहरूले लगाएका छन् । स्वार्थ समूहको प्रभावमा परेर प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा सो विधेयक नियमित कार्यसूचीबाट समेत हटेको बताइएको छ ।

‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ मा निजामती कर्मचारीमा कुलिङ पिरियडको व्यवस्था राखिएको छ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट गत २ जेठमा सो विधेयक सर्वसम्मत पारित भएको थियो ।

गत १ असारमा राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले विधेयकमाथि समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । ३ असारको बैठकबाट विधेयक पारित गर्ने कार्यसूचीमा चढिसकेको थियो ।

सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को अवरोधका कारण देखाएर कार्यसूचीमा प्रवेश नगरी स्थगित गरेका थिए । तर, रास्वपाको अवरोधका बीचमा पनि १ र २ असारमा बजेटमाथि सैद्धान्तिक छलफल गराइएको थियो ।

सभामुख घिमिरेले १४ असारसम्मको प्रतिनिधिसभाको सम्भावित कार्यसूची बुधबार सार्वजनिक गरेका हुन् । तर, कार्यसूचीमा संघीय निजामती विधेयकमाथि छलफलसहित पारित गर्ने विषय उल्लेख छैन । यसैबाट स्पष्ट हुन्छ, प्रधानमन्त्री ओलीकै सल्लाहमा सभामुख घिमिरेले पारित गर्नुपर्ने विधेयक नै कार्यसूचीमा नराखेको नेताहरू बताउँछन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077