Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब सुन्नुपर्ने छैन थोपरिएका सिआरबिटी

अब सुन्नुपर्ने छैन थोपरिएका सिआरबिटी

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । पछिल्लो समय मोबाइलमा दिनहुँ जसो निःशुल्क कलर रिङ ब्याक टोन (सिआरबिटी) बजिरहेका हुन्छन् ।

यसरी बज्ने सन्देश कतिपय जनचेतनामूलक र सन्देशमूलक हुने भए पनि धेरै जसो दिक्क बनाउने खालका हुने आमउपभोक्ताको गुनासो छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम सेवाप्रदायक र विज्ञापन बोर्डमा यस विषयमा दैनिक जसो जनगुनासो आउने गरेको र यस विषयलाई सम्बोधन गर्न छुट्टै नीति र कानुन आवश्यक रहेको अधिकारीहरू स्वीकार गर्छन् ।

यही विषयलाई सम्बोधन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अग्रसरता लिएको मन्त्रालयको प्रशासन तथा योजना महाशाखाका सहसचिव कोशहरि निरौलाले बताए ।

यस विषयमा हालै मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको छ । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १० को उपदफा (१) मा सम्बन्धित व्यक्तिको मञ्जुरीबिना कसैको इमेल वा मोबाइलमा इमेल वा एसएमएसबाट विज्ञापनमूलक सन्देश वा इमेल पठाउन नपाइने प्रावधान स्पष्ट रूपमा उल्लेख छ तर सोही ऐनको दफा १० को उपदफा २ (१) मा ऐनमा जुनसुकै कुरा लेखिएको भए पनि नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सार्वजनिक हितका लागि जानकारीमूलक सूचना प्रवाह गर्न वा विपत्को अवस्थामा पूर्वसूचना वा जानकारी पठाउन सम्बन्धित व्यक्तिको मञ्जुरी नभए पनि बाधा पर्ने छैन भनी उल्लेख छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077