काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) को विधान महाधिवेशन करिब तीन महिनापछि हुँदैछ । तर, विधान महाधिवेशन सुरु हुनुभन्दा अघि नै नेतृत्वसँग जोडिएका विषयलाई लिएर बहस हुन थालेको छ ।
अहिले एमाले अध्यक्षका रूपमा दोस्रो कार्यकाल र प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीको चौथो कार्यकाल चलिरहेको छ । ओली अझै पार्टी नेतृत्वमै रहन खोजेको संकेत गरेका छन् ।
तर, एमाले पूर्वउपाध्यक्ष एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेभित्रैका नेताहरूले अबको नेतृत्वका लागि भनेर चर्चा गर्न थालेका छन् ।
आगामी २१, २२ र २३ भदौमा एमालेको विधान महाधिवेशन हुँदै छ । २०७८ असोजमा भएको पहिलो विधान महाधिवेशनपछिको पहिलो बैठकबाट हटाइएको ७० वर्षे उमेर हदको प्रावधानका विषयमा बहस फेरि सतहमा आएको छ ।
एमाले सचिवालय बैठकले १९ जेठ २०८० मा सो प्रावधान हटाएकोे थियो । राजधानी दैनिकबाट