Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यातायात व्यवसायीसँग निरीह बन्यो सरकार

यातायात व्यवसायीसँग निरीह बन्यो सरकार

बुधवार , जेठ २२, २०८२

काठमाडौं । सार्वजनिक यातायातका साधन ठप्प पारेर भएको हडताल हटाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता विमल पोखरेलले यातायात व्यवसायीले गरेको हडतालका कारण नागरिकको आधारभूत र मौलिक हक हनन भएको दाबीसहित तत्काल हडताल खुलाउन माग राखी आदेश जारी हुनुपर्ने माग गरेका छन् । पोखरेलले दायर गरेको रिटमा बुधबार ९आज०का लागि पेशी तोकिएको छ ।

‘सार्वजनिक यातायातले नागरिकको हिँडडुललाई सहज बनाउने, दैनिक जीवनलाई सरल बनाउनुका साथसाथै देशको अर्थतन्त्र, विकास, समृद्धि र गुणस्तरीय जीवनसँग सम्बन्ध राख्दछ,’ रिटमा भनिएको छ, ‘सार्वजनिक यातायात राज्य सञ्चालन मात्रै नभएर देशको सुशासन, रोजगारी, जीवनयापन आदिमा महत्वपूर्ण हुने गर्दछ ।’

आमजनताको अत्यावश्यक सेवामध्येको सार्वजनिक यातायातमा अवरोध गरेर जनताको अधिकारमाथि नै धावा बोलिएको दाबी रिटमा छ । अत्यावश्यक सेवा क्षेत्रमा हडताल निषेध गरेर कानुन नै बनेको तर कार्यान्वयनमा सरकार चुकिरहेको पोखरेलको दाबी छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077