Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

प्रेस काउन्सिलमा प्रेस युनियन र चौतारीबाट नयाँ ६ सदस्य नियुक्त

प्रेस काउन्सिलमा प्रेस युनियन र चौतारीबाट नयाँ ६ सदस्य नियुक्त

सोमवार , जेठ २०, २०८२

काठमाडौं । प्रेस काउन्सिल नेपालमा ६ जना नयाँ सदस्य नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले सोमबार प्रेस युनियन र प्रेस चौतारीका प्रतिनिधिहरूलाई नियुक्त गरेका हुन्।

नवनियुक्त सदस्यहरूमा प्रेस युनियनबाट नकुल अर्याल, बालकृष्ण अधिकारी र पदमराज जोशी छन् । प्रेस चौतारीबाट निमा काफ्ले, भीमलाल श्रेष्ठ र शान्तराम विडारी सदस्यमा चयन भएका छन्।

केही सदस्यले नियुक्तिपत्र ग्रहण गरिसकेका छन् भने अन्यले चाँडै ग्रहण गर्ने तयारी गरिरहेका छन्। यससँगै प्रेस काउन्सिल नेपालको नेतृत्वमा नयाँ समीकरण सुरु भएको छ ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको चार वर्षे कार्यकाल आजबाट सकिएसँगै नयाँ सदस्यहरूको आगमनले संस्थाको भावी दिशाबारे चासो बढाएको छ । यता नेकपा एमालेको प्रचार बिभागका सदस्य इन्द्रप्रसाद आचार्यले पार्टी छाडेका छन् ।

एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारीका पूर्वकोषाध्यक्षसमेत रहेका आचार्यले सोमबार सामाजिक संजाल फेसबुकबाटै पार्टीको प्रचार बिभाग सदस्यबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077