Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति, आजै निचोड निकाल्ने

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति, आजै निचोड निकाल्ने

सोमवार , जेठ २०, २०८२

काठमाडौं । सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा देशव्यापी चक्काजाम  गरेका यातायात व्यवसायी माग सम्बोधन गर्नका लागि सरकार र व्यवसायीहरूबीच वार्ता कमिटी गठन गर्ने सहमति भएको छ ।

सोमबार गृहमन्त्री रमेश लेखक र यातायात व्यवसायीहरूबीचको गृहमन्त्रालयमा भएको छलफलपछि समस्या समाधानका लागि वार्ता टोली गठन गर्ने सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

वार्ताका लागि व्यवसायी पक्षबाट चार र सरकार पक्षबाट सात जना गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयोजकत्वमा वार्ता टोली गठन भएको बताए ।

वार्ता कमिटीले आज दिनभरमा एउटा निचोड निकाल्ने र यातायात व्यवसायीहरूले पनि आन्दोलन फिर्ता लिने वातावरण बनाउने तयारीमा रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077