Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

अफलाइन बार्गेनिङ र राइड सेयरिङमा बढी भाडा लिए १०३ मा जानकारी दिन प्रहरीको अनुरोध

अफलाइन बार्गेनिङ र राइड सेयरिङमा बढी भाडा लिए १०३ मा जानकारी दिन प्रहरीको अनुरोध

सोमवार , जेठ २०, २०८२

काठमाडौं । यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्द गरेका छन् ।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बन्द गरेका कारण आज बिहानैबाट काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन प्रभावित बनेको छ।

यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ कम्पनीले आज बिहानैबाट मनपरी भाडा असुल्न थालेका छन् भने राइड सेयर गर्ने कम्पनीले भाडा बढाएर मोबाइल एपमा राख्न थालेका हुन्।

बन्दका कारण यात्रुको चाप बढेपछि पठाओ, इन्ड्राभ, टुटललगायत राइड सेयरिङका चालकले अफलाइन बार्गेनिङ गरेको र बढी भाडा लिएको गुनासो आउन थालेपछि नेपाल प्रहरीले  जारी गरेको सूचनामा भनिएको छ, ‘विभिन्न राइड सेयरिङ एपमार्फत यात्रुहरुलाई बढी भाडा लिने र अफलाइन बाग्रेनीङ गर्ने गरेको गुनासोहरु आइरहेको हुनाले राइडरहरुले यस्ता कार्य नगर्न तथा गर्ने गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन हुन अनुरोध गर्दछौं।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077