काठमाडौं । नारायणहिटी राजदरबार हत्याकाण्डको २३ औँ स्मृतिमा राजपरिवारका सदस्यले आज दीप प्रज्ज्वलन गर्ने भएका छन् ।
हिमानी कोषको आयोजनामा कमलादी गणेश मन्दिरमा उनीहरूले साँझ दीप प्रज्ज्वलन गर्न लागेका हुन् ।
कोषले नारायणहिटी दरबारभित्रै दीप प्रज्ज्वलन गर्ने तयारी गरेको थियो, जिल्ला प्रशासन कार्यालय काठमाडौंले दरबारभित्र कार्यक्रम गर्न अनुमति नदिएकाले कमलादीको गणेश मन्दिरमा कार्यक्रम गर्न लागिएको छ ।
हिमानी कोषको अध्यक्ष तत्कालीन रानी कोमल शाह छिन् भने हिमानी शाह उपाध्यक्ष हुन्।