Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

अछाममा फेरि हावाहुरीको वितण्डा : दर्जनौं घरमा क्षति, विद्यालयको छाना पनि उड्यो

अछाममा फेरि हावाहुरीको वितण्डा : दर्जनौं घरमा क्षति, विद्यालयको छाना पनि उड्यो

सोमवार , जेठ २०, २०८२

अछाम । अछाममा आएको भीषण हावाहुरीले दर्जनौं घरमा क्षति पुर्‍याएको छ । आइतबार साँझ करिब ५ बजे आएको हावाहुरीले विशेष गरी पञ्चदेवल बिनायक नगरपालिका र रामारोशन गाउँपालिकाका विभिन्न स्थानहरूमा ठूलो असर पुर्‍याएको हो ।

हालसम्म प्राप्त विवरण अनुसार कम्तीमा १२ घरधुरीमा क्षति पुगेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । यद्यपि, घटनामा कुनै मानवीय वा चौपाया क्षति भने भएको छैन ।

पञ्चदेवल बिनायक नगरपालिका–२ स्थित हवाजै कामीको घरनजिकै रहेको बगैँचाको रुखको हाँगा भाँचिएर सौचालय र सोलार प्यानलमा पूर्ण क्षति पुर्‍याएको छ । सोही नगरपालिका–२ कै पवित्रा देवी धामीको दुईतले ढुङ्गा–माटोको घरको टिनको छाना उडाएको छ ।

पञ्चदेवल बिनायक–३ का सिरे कामी, दान बहादुर कठायत, भरत अधिकारी, र रण बहादुर रावलका घरहरूमा समेत छाना उडाउनेदेखि पत्थर खसेर क्षति पुर्‍याउनेसम्मका घटना भएको छ ।

यसैगरी, रामारोशन गाउँपालिका–५ नेटाकोटमा रहेको यशोदा माविको भवनको छाना पनि उडाएको छ । त्यस्तै, स्थानीय शक्ति बहादुर साउँदको ग्यारेज र कमल साउँदको घर समेत हावाहुरीले क्षतिग्रस्त बनाएको छ ।

प्रभावित सबै घर कच्ची संरचनाका रहेका छन्, जसमा प्रायः जस्तापाता र टिनका छाना रहेको बताइएको छ । यसअघि पनि जिल्लाको चौरपाटी गाउँपालिका लगायतका ठाउँमा हावाहुरीले क्षति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077