Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

सार्वजनिक यातायात ठप्प, यात्रु मारमा

सार्वजनिक यातायात ठप्प, यात्रु मारमा

सोमवार , जेठ २०, २०८२

काठमाडौं । यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्द गरेका छन् ।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बन्द गरिएको हो । बन्द भएसँगै आज बिहानैबाट काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन प्रभावित बनेको छ।

कोटेश्वर(जडिबुटी क्षेत्रमा यातायात व्यवसायी जम्मा भएर सडक रोकेपछि प्रहरी परिचालन भएको छ। ट्याक्सीले यात्रु बोकेको भन्दै यातायात व्यवसायीले यात्रु ओराल्न खोजेपछि प्रहरी र बन्द गर्दै हिँडेका व्यवसायीबीच धकेलाधकेल भएको छ।

अहिले प्रतिक्षालयमा यात्रु अलपत्र भएका छन्। बिहानै क्याम्पस पढ्न हिँडेका विद्यार्थी पनि अलपत्र परेका छन्। स्कूल बस र निजी सवारी साधन भने सञ्चालनमा रहेका छन्।

गण्डकी प्रदेश सरकारले वैशाख ३१ गते राइड सेयरिङसम्बन्धी नियमावली मन्त्रिपरिषद्बाट पारित गरेको थियो । त्यसपछि सार्वजनिक यातायात व्यवसायी आक्रोशित बनेका हुन्  ।

व्यवसायीले सरकारको निर्णयले सार्वजनिक यातायातलाई कमजोर बनाउने भन्दै निर्णय फिर्ता लिन यातायात ठप्प पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077