Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

राजावादीमाथि थप कठोर बन्दै सरकार, यी तीन स्थानमा मात्रै प्रदर्शन गर्न पाइने

राजावादीमाथि थप कठोर बन्दै सरकार, यी तीन स्थानमा मात्रै प्रदर्शन गर्न पाइने

आइतवार , जेठ १९, २०८२

काठमाडौं । काठमाडौंको तीन वटा क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै कोटेश्वर, बल्खु र चाबहिलको सिफल चौर क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र, बल्खु क्षेत्र र चाबहिलको सिफल चौर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।

काठमाडौं जिल्लाको चक्रपथ र चक्रपथ भित्रका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्ने जनगुनासो समेतलाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको काठमाडौं प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077