Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

७ सहसचिवको सरुवा : चार जिल्लाका सिडिओ फेरिए

७ सहसचिवको सरुवा : चार जिल्लाका सिडिओ फेरिए

आइतवार , जेठ १९, २०८२

काठमाडौं । गृह मन्त्रालयले देशका चार जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गर्दै सात जना सहसचिवको सरुवा गरेको छ । सरुवा निर्णय यही जेठ १६ गते गरिए पनि सरुवाको पत्र आजमात्र सम्बन्धित अधिकारीहरूलाई प्रदान गरिएको हो ।

मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख एवं सहसचिव छवि रिजालका अनुसार बर्दिया, कास्की, धनुषा र पाँचथर जिल्लामा नयाँ सीडीओहरू पठाइएका छन् ।

बर्दियाकी वर्तमान प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई कास्की स्थानान्तरण गरिएको छ । कास्कीका तत्कालीन सीडीओ भरतमणि पाण्डेलाई गृह मन्त्रालयमा तानिएको छ ।

बर्दियाको जिम्मेवारी मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव सुरेन्द्र पौडेलले लिने भएका छन् ।

त्यसैगरी, धनुषाका सीडीओ रामुराज कडरियालाई पनि मन्त्रालयमा झिकाइएको छ भने उनको स्थानमा सुर्खेतबाट केही दिनअघि मात्र मन्त्रालय झिकिएका शंकरहरि आचार्यलाई पठाइएको छ।

पाँचथरमा रिक्त रहेको सीडीओ पदमा मन्त्रालयकै सहसचिव अरुण पोखरेललाई जिम्मेवारी दिइएको छ।

यसअघि पाँचथरका सीडीओ रहेका विष्णुप्रसाद कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृत नियुक्त गरिएको थियो, जसका कारण पाँचथरको सीडीओ पद खाली भएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077