Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

यातायात व्यवसायीलाई वार्ताका लागि फेरी बोलायो गण्डकी सरकारले

यातायात व्यवसायीलाई वार्ताका लागि फेरी बोलायो गण्डकी सरकारले

आइतवार , जेठ १९, २०८२

काठमाडौं । पहिलो पटकको वार्ता अस्वीकार गरेका यातायात व्यवसायीलाई गण्डकी प्रदेश सरकारले आज फेरी वार्तामा बोलाएको छ ।

राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि आन्दोलनमा उत्रिएका यातायात व्यवसायीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले वार्तामा आउन पुनः आह्वान गरेको हो ।

मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यातायात व्यवसायीका मागका सन्दर्भमा छलफल गरी निकास निकाल्न वार्ताका लागि आह्वान गरेको हो ।

यसअघि, बुधबार वार्तामा बोलाइएकामा उनीहरू वार्तामा आएका थिएनन् ।

यातायात व्यवसायीसँग छलफलका लागि यातायात मन्त्रालयका सचिवको संयोजकत्वमा अधिकार सम्पन्न पाँच सदस्यीय वार्ता टोली गठन गरिसकिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्घ, नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदुर सङ्घ, सार्वजनिक यातायात केन्द्रीय महासङ्घ र एकीकृत ट्रेड युनियन महासङ्घ गण्डकीलगायतका आठ सङ्गठनले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी १७ बुँदे मागपत्र सार्वजनिक गरेका छन् ।

मागहरूमा निजी सवारीसाधनलाई सार्वजनिक सवारी साधनसरह यात्रु ओसारपसार गर्न दिने व्यवस्था खारेज गर्नुपर्ने, सार्वजनिक सवारीसाधनको आयु सीमा हटाउनुपर्ने, राइड सेयरिङ सेवालाई कानुनी मान्यता दिन नहुनेलगायत विषय छन् ।

सार्वजनिक यातायात बन्दका कारण यही जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा सर्वसाधारण समस्यामा परेका छन् ।

आज काठमाडौं वयवसायीहरुले पनि काठमाडौंमा आन्दोलन गरेका छन् ।

सवारी ऐन विपरीत संघीय सरकारसँग बाझिने गरी सातै प्रदेश सरकारहरूले निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधासरह सञ्चालनको अनुमति दिने नियमावली ल्याउन लागेको भन्दै सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले आइतबार काठमाडौंको माइतिघरदेखि बिजुलीबजारसम्म कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनका लागि काठमाडौं उपत्यकाको यातायात आवागमन प्रभावित भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077