काठमाडौं । तेह्रौँ दिनको प्रसाद खाएर रोल्पा एक सय बढी बिरामी परेका छन् ।
रोल्पा नगरपालिका–३ चौर पानीमा एकै गाउँका १ सय १० जनाभन्दा बढी व्यक्ति बिरामी परेका हुन् ।
शनिवार तिलकप्रसाद रोकाको घरमा उनका बुवाको तेह्रौँ दिनको पुण्य तिथिमा प्रसाद खाएका गाउँका धेरैजसो मानिसहरू बिरामी परेका जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
प्रसाद खाएका गाउँभरिका मान्छेहरू एकपछि अर्को गर्दै बिरामी पर्न पर्न थालेपछि खानामा समस्या देखिएको प्रहरीको भनाइ छ ।
रोक्काको घरमा बनाइएको दालभात, पुरी र अचारसहितको खाना खाएकामध्ये धेरैलाई पखाला र लगातार बान्ता, टाउको दुख्ने र ज्वरो समस्या देखिएको छ ।
प्रहरीका अनुसार अहिलेसम्म अधिकांश बिरामीहरू उपचारपछि घर फर्किएका छन्।