Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

डोटीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु ,आठजना घाइते

डोटीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु ,आठजना घाइते

आइतवार , जेठ १९, २०८२

काठमाडौं । डोटीको केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य आठजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र ०१००१ ज १४६४ नम्बरको जिप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मीन बमको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पुर्‍याएको थियो। लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा जिप चालकसहित आठजनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077