Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, चालक घाइते

मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, चालक घाइते

आइतवार , जेठ १९, २०८२

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ पानीघाटमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

मृत्यु हुनेमा नुवाकोटको ककनी– १ की ३६ वर्षीया सुनिता बलामी हुन् ।

मकवानपुरको चित्लाङबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०२–०१ प ८०६८ नम्बरको मोटरसाइकल शनिबार बेलुका पौने ८ बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी बलामीको एपीएफ अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकलको पछाडि चढेकी थिइन् ।

मोटरसाइकल चालक नुवाकोटको ककनी– १ कै मानबहादुर बलामी घाइते छन् । उनको एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको छ । मोटरसाइकल भने थानकोट प्रहरी वृत्तमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077