Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

आजदेखि नेपाली रेल दुई महिना बन्द

आजदेखि नेपाली रेल दुई महिना बन्द

आइतवार , जेठ १९, २०८२

काठमाडौं । जनकपुर–जयनगर रेलमार्गमा सञ्चालन हुँदै आएको नेपालको राष्ट्रिय झन्डाअङ्कित दुई वटा रेल आइतबारदेखि बन्द हुने भएको छ ।

साढे तीन वर्षदेखि सञ्चालन हुँदै आएका रेल मर्मतसम्भारका लागि भारतको लखनउ जाने भएपछि सेवा बन्द हुन लागेको हो ।
यो अवधिमा यात्रुले नेपालको झन्डाअङ्कित रेलको सट्टा पहेँलो रङका भारतीय रेलमा यात्रा गर्न पाउने भएका छन्।

नेपाल रेल्ले कम्पनी (जनकपुर) का प्रशासन प्रमुख तुलाबहादुर डाँगीले भने, “नेपालको झन्डाअङ्कित रेल आइतबार बिहानै जनकपुरबाट यात्रु लिएर जयनगर जाने छन्। त्यहाँ यात्रु झारेर मर्मतसम्भारका लागि भारतको लखनउ जाने छन्। त्यहाँ करिब दुई महिनासम्म मर्मतसम्भारपछि सो रेल पुनः जनकपुर आई सञ्चालनमा आउने छन्।”

उहाँका अनुसार सो रेलमार्गमा नेपाली रेलको सट्टा पहेँलो रङको ‘शाकुरबस्ती’ नामको भारतीय रेलले सेवा प्रदान गर्ने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077