Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘बलियो’ सरकारको कमजोर बजेट !

‘बलियो’ सरकारको कमजोर बजेट !

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । सरकारले ल्याएको बजेटका विषयमा नेताहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले ल्याएको बजेट अझै बोल्ड हुनसक्ने भए पनि ठीकठाकै रहेको प्रतिक्रिया दिएका छन् ।

बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद् बैठकमा पेस गरेको आर्थिक वर्ष २०८२–८३ को बजेटबारे प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । सरकारले ल्याएको बजेट समग्रमा ठीकै रहेको उनले बताए ।

बजेट अझै ठोस रूपमा प्रस्तुत गर्न सकिने भए पनि समग्रमा बजेट ठीकै रहेको उनले बताए । उनले छरिएर रहेका आयोजनालाई घटाउने लगायतका केही वित्तीय अनुशासनका विषयले सकारात्मक परिणाम आउने बताए ।

महतले बजेटमा केही महत्वपूर्ण विषयहरू समावेश हुन नसकेकाले कार्यविधिबाट सम्बोधन हुने विश्वास व्यक्त गरे । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077