Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

राजस्व छली, चोरी पैठारी अभियोगमा सुन्दर प्लाइउडका सञ्चालकविरुद्ध मुद्दा दायर

राजस्व छली, चोरी पैठारी अभियोगमा सुन्दर प्लाइउडका सञ्चालकविरुद्ध मुद्दा दायर

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । भैरहवाको सुन्दर प्लाइउड सेन्टरका सञ्चालक आकाश अग्रहरीविरुद्ध मुद्दा दायर भएको छ ।

राजस्व अनुसन्धान विभागले राजस्व छली, चोरी पैठारी अभियोगमा बिगो र जरिवानासहित मुद्दा दायर गरेको हो ।

विभागले प्लाइउडका सञ्चालकविरुद्ध एक करोड बढी रकम असुल र सजाय माग गर्दै मुद्दा दायर गरेको छ ।

राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत सुन्दर प्लाइउड सेन्टरका सञ्चालक आकाश अग्रहरीविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २० (६) बमोजिम मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077