Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

एमालेको कार्यक्रम सकिएपछि रत्नपार्कमै राजावादीको प्रदर्शन, सुरक्षा व्यवस्था कडा !

एमालेको कार्यक्रम सकिएपछि रत्नपार्कमै राजावादीको प्रदर्शन, सुरक्षा व्यवस्था कडा !

बुधवार , जेठ १५, २०८२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारको प्रदर्शनका दुई आयोजकलाई छुट्टाछुट्टै समय उपलब्ध गराएको छ ।

एकै दिन, एकै स्थानमा कार्यक्रम तय भएपछि दुई समूहका लागि छुट्टाछुट्टै समय निर्धारण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकमा एमालेको कार्यक्रम दिउँसो २ बजेसम्ममा सक्ने र त्यसपछि सोही स्थानमा राजावादीहरूले कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो ।

दुवै पक्षसँग समन्वय गरेपछि जिल्ला सुरक्षा समितिको बैठकले सोही अनुसारको सुरक्षा योजना बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
१५ जेठलाई एमालेले गणतन्त्र उत्सवको रुपमा मनाउँदैछ भने राजावादीहरूले राजतन्त्र पुनर्स्थापना, संघीयता खारेज, हिन्दूराज्य पुनर्स्थापनालगायतको माग राख्दै प्रदर्शन आयोजना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077