Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

आगलागीमा परेर एक महिलाको मृत्यु

आगलागीमा परेर एक महिलाको मृत्यु

बुधवार , जेठ १५, २०८२

काठमाडौं । लमजुङको सुन्दर बजार नगरपालिका– ९ मा आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ ।

आगलागी हुँदा दोर्दी गाउँपालिका– १ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको हो ।

उनी सुन्दर बजारमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन।

आज बिहान करिब साढे ३ बजे आगलागी भएपछि प्रहरी र स्थानीयले उनी बसेको घरको ढोका फोरेर उद्धार गरेका थिए ।

जलेर गम्भीर घाइते भएकी थापाको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077