Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

मोरङमा ३०० किलो गाँजा बरामद

मोरङमा ३०० किलो गाँजा बरामद

बुधवार , जेठ १५, २०८२

काठमाडौं। प्रहरीले मोरङको सुनबर्सीमा ३०० किलो गाँजा बरामद गरेको छ।

मंगलबार राती करिब ३ बजे सुनवर्षी नगरपालिका–७ बक्रा खोला किनारबाट ३०० किलो गाँजा बरामद गरेको हो ।

गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी सिक्टी र बरडंगाबाट प्रहरी टोली पुगेको थियो ।

प्रहरीलाई देखेपछि कारोबारी भने भागेका थिए ।

घटनास्थलबाट ७ बोरामा राखिएको ३०० किलो गाँजा बरामद भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीकोृ अनुसार उनिहरुको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077