Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

संसदमा वर्षमानको प्रश्न - भिजिट भिसाको ठूलो माछा को हो ?

संसदमा वर्षमानको प्रश्न - भिजिट भिसाको ठूलो माछा को हो ?

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । भिजिट भिसा प्रकरणमा कर्मचारीलाई दोषी देखाएर आफनो बचाउमा गृहमन्त्री रमेश लेखक लागेका छन् ।

गृहमन्त्री लेखकको राजीनमा माग गर्दै विपक्ष दलका सासंदहरुले सदनमा अवरोध गर्दै आईरहेका छन् ।

नेकपा माओवादी केन्द्रका नेता तथा सांसद वर्षमान पुनले भने भिजिट भिसा प्रकरणको ठुलो माछा को हो भनेर प्रतीप्रश्न गरेका छन् ।

भिजिट भिसा प्रकरणमा सामान्य मान्छे पक्राउ गरेर सानो माछो दुई दिनपछि छाडिएको र ठूलो माछा को हो ? भनेर प्रश्न गरेका हुन् ।

संसदमा सासंद पुनले  भने, स्वयम् गृहमन्त्रीज्यूले नै सरुवा गरेको व्यक्ति कार्यालय प्रमुख रहेका छन् । उहाँको सचिवालय तानिएको छ । अख्तियारले छापा मारेको छ । स्टिङ अप्रेशन गरेको छ । ठुलो माछा को हो ? ’

पुनले संसदमा गृहमन्त्री लेखकको राजीनामा समेत माग गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077