Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मंगलवार , जेठ १४, २०८२

कैलाली । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

भजनी सुखड सडकखण्ड अन्तरगत घोडाघोडी नगरपालिका–३ निम्दीमा सोमबार साँझ पौने ८ बजेको समयमा सुपप्र ०१–००९ प ८४५२ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्री अन्दाजी ५५ वर्षीय मानबहादुर चौधरीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा लागि घोडाघोडी अस्पताल, सुखडमा पौने ९ बजेतिर मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक घोडाघोडी नगरपालिका-७ बस्ने २५ वर्षीय भरतबहादुर बम पनि घाइते भएका छन् । उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।

पछाडि सवार सोही ठाउँका २४ वर्षीय लक्ष्मणबहादुर सिमलालाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077