Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

दमौलीको मादी पुलबाट जिप खस्यो : तीन जनाको मृत्यु, दुई घाइते

दमौलीको मादी पुलबाट जिप खस्यो : तीन जनाको मृत्यु, दुई घाइते

आइतवार , जेठ १२, २०८२

तनहुँ । तनहुँको मादी नदी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु भएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप व्यास नगरपालिका–३ र ४ जोड्ने पुलको रेलिङ भत्काएर मादी नदीमा खसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा व्यास–५ का प्रविन थापामगर, कुमार थापा र कुशल थापाको मृत्यु भएको छ । उनीहरुको दमौली अस्पतालमा मृत्यु भएको हो ।

अधिकारीका अनुसार दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जना गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077