Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

बसको ठक्करबाट एकको मृत्यु, दुईजना घाइते

बसको ठक्करबाट एकको मृत्यु, दुईजना घाइते

शनिवार , जेठ ११, २०८२

काठमाडौं । ललितपुरमा शनिबार बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार दुईजना घाइते छन् ।

ललितपुर महानगरपालिका–४ स्थित एकान्तकुना–खरिबोटखण्डमा बा२ख ३४८ नम्बरको बसले बा७९प ६५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक काठमाडौंको नैकापमा बस्दै आएका गोरखाका ३० वर्षीय सञ्जीव अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए ।

दुर्घटनामा अधिकारी गम्भीर घाइते भएका थिए । अल्का अस्पतालमा उपचारका क्रममा शनिबारै दिउँसो उनको मृत्यु भएको एसपी जोशीले बताए ।

दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार नम्रता लामिछाने र उनका छोराको उपचार सोही अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

बस चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077