काठमाडौं । युक्रेनको राजधानी किभमा रुसले क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ।
आक्रमणमा परी कम्तीमा १४ जना घाइते भएको किभ प्रशासनले जनाएको छ।
युक्रेनी वायुसेनाले रुसले २५० ड्रोन र १४ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएको छ।
रुसको आक्रमणका कारण धेरै आवासीय भवनमा आगलागी भएको छ।
वायुसेनाले ६ वटा मिसाइल र २४५ वटा ड्रोन खसालेको बताएको छ।
आक्रमणप्रति प्रतिक्रिया जनाउँदै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘यस्तो प्रत्येक आक्रमणसँगै, विश्व युद्धलाई लम्ब्याउनुमा मस्को (रूस) जिम्मेवार छ भन्ने कुरामा विश्वस्त हुँदै गइरहेको छ।’