Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

खुर्सानी खोला नजिकै सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

खुर्सानी खोला नजिकै सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

शनिवार , जेठ ११, २०८२

बुटवल । शुक्रवार रातिदेखि परेको पानीका कारण दाउन्ने सडक खण्ड रूपमा अवरुद्ध बनेको छ ।

बर्दघाट नगरपालिका-४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको बाटो भत्किएपछि राति ११ बजेबाट सडक अवरुद्ध बनेको हो ।

बर्दघाट बजारदेखि करिब ३ किलोमिटर पश्चिम खुर्सानी खोला क्षेत्रमा करिब ७ मिटर सडक भासिएको छ ।

सडक स्तरोन्नतिको क्रममा गरिएको ढलानसमेत उप्किएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

सडक अवरुद्ध भएपछि पूर्व-पश्चिम हिँडेका सैयौं गाडी बर्दघाट र दुम्कीवासमा रोकिएका छन् । सडक शनिबार बिहानसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077