Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

हनी 'ट्रयाप’मा संलग्न दुई युवती पक्राउ

हनी 'ट्रयाप’मा संलग्न दुई युवती पक्राउ

बिहिवार , जेठ ९, २०८२

काठमाडौं । ‘हनी ट्रयाप’मा संलग्न आरोपमा दुई युवती पक्राउ परेका छन् ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार हनी ट्रयाप कार्यमा संलग्न दुई युवतीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–१० दमौरा घर भई काठमाडौंको कालोपुल बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ सल्लाघारी घर भई हाल काठमाडौंको हाँडीगाउँ बस्ने ३४ वर्षकै आँचल श्रेष्ठ भन्ने आँचल चौगुठी रहेका छन् ।

उनीहरूले पीडितसँग फेसबुकमार्फत चिनजान गरेको र सम्बन्ध बढाएको प्रहरीले जनाएको छ । त्यसपछि काठमाडौंको ठमेलस्थित एक होटलमा बोलाएर खाजा तथा मादक पदार्थ सेवन गराएको र अचेत अवस्थामा पीडितको अश्लील फोटो र भिडिओ बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

त्यसपछि ती फोटो र भिडिओ प्रयोग गरेर ब्ल्याकमेल गर्न थालेका थिए । सुरुमा उनीहरुले ‘काठमाडौंमा घर तथा ४ आना जग्गा दिनु पर्छ नत्र यौन शोषणको मुद्दा लगाइदिन्छु’ भनेर धम्की दिन थालेको प्रहरीले जनाएको छ।

त्यसपछि उनीहरूले तत्काल पाँच लाखको चेक काट्न बाध्य पारेर लगेका थिए । यही सूचना प्रहरीले पाएपछि बुधबार काठमाडौंको हनुमानस्थानबाट दुवैजनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले उनीहरूबाट पीडितले आँचल चौगुठीको नाममा काटिदिएको प्राइम कमर्सियल बैंकको चेक पनि बरामद गरेको छ । यस्तै दुवैजनाको मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुवै जनालाई थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077