Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

आन्दोलनको तयारीमा रहेका राजावादीहरुलाई सरकारको यस्तो चेतावनी

आन्दोलनको तयारीमा रहेका राजावादीहरुलाई सरकारको यस्तो चेतावनी

बिहिवार , जेठ ९, २०८२

काठमाडौं । सूचना, प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादीहरूको गतिविधिबाट सरकार नडराएको बताएका छन् ।

बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका गुरुङले आगामी जेठ १५ गते राजावादीहरूलाई प्रदर्शनका लागि दिइएको छुटलाई कमजोरी नठान्न समेत चेतावनी दिए ।

उनले भने, ‘त्यो दिनको प्रदर्शन कति ठूलो होला भन्ने चाहिँ त्यही दिनको प्रदर्शनले देखाउँछ । विरोध गर्नेलाई पनि अधिकार छुट दिएकै छ । यो हाम्रो कमजोरी होइन । सधैं संविधान विरोधी क्रियाकलाप गरिरहने हो भने सहन सकिँदैन । सरकार सधैं टुलुटुलु हेरेर बस्दैन । तर, अहिले हामी गतिविधि कस्तो हुनेछ भन्ने आधारमा त्यसको प्रतिक्रिया हुन्छ ।’

राजावादीहरुले गणतन्त्र दिवसको दिनदेखि आन्दोलन गर्ने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077