Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

मन्त्री यादवले विमानस्थलमै पुगेर गरे हज यात्रीलाई बिदाइ

मन्त्री यादवले विमानस्थलमै पुगेर गरे हज यात्रीलाई बिदाइ

बिहिवार , जेठ ९, २०८२

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले साउदी अरबको मक्कामा हजका लागि प्रस्थान गर्ने नेपाली मुस्लिम हज यात्रीहरूलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेरै मन्त्री यादवले हज यात्रीहरूलाई बिदाइ गरेका हुन् ।

मक्कामा हज (विशेष प्रकारको नमाजर प्राथना) गर्न नेपाली मुस्लिम दाजुभाइ दिदीबहिनी साउदी अरब पुग्ने भएकाले आफूले विमानस्थलमै पुगेर उनीहरूलाई बिदाइ गरेको मन्त्री यादवले बताए।

उनले भने, 'हजका लागि जाने 'हाजी'हरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर मैले फूलमाला तथा खादा लगाई बिदाइ गरेको छु। उहाँहरूको यात्रा धर्म, आस्था र मानवता प्रति प्रेरणादायी बन्न सकोस् भन्ने कामना गर्दछु।'

मन्त्री यादव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर फूलमाला, खादा लगाई बिदाइ गर्नुका साथै हज यात्रुहरूलाई सफल यात्रा, धार्मिक आस्था र मानवताको प्रेरणादायी सन्देश लिएर फर्किन शुभकामना समेत व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077