डोल्पा । यार्सा संकलनका लागि डोल्पा पाटनमा गएका जुम्लाका एक युवकको मृत्यु भएको छ ।
जुम्लाको गुठीचौर गाउँपालिका–१ मणि साँघुका भीमबहादुर बोहराको बुधबार लेक लागेर मृत्यु भएको हो।
डोल्पाको जगदुल्ला गाउँपालिका-१ जगदुल्ला मध्यवर्ती पाटनमा गएका वेला उनलाई लेक लागेको बताइएको छ ।
सँगै गएका स्थानीयलाई उद्धृत गर्दै प्रहरीले लेक लागेर बिरामी भएपछि घर ल्याउँदै गर्दा गुठिचौर गाउँपालिका १ लेकस्थित बाटोमै उनको मृत्यु भएको जनाएको छ।
यार्सा सङ्कलनका लागि डोल्पा पाटनजेठ ५ गते खुलेको थियो।