Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

भिजिट भिसाको सेटिङमा मुछिएका सहसचिव भट्टराई अख्तियारको फन्दामा

भिजिट भिसाको सेटिङमा मुछिएका सहसचिव भट्टराई अख्तियारको फन्दामा

बुधवार , जेठ ८, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ । केहीबेरअघि अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिई टंगालस्थित कार्यालयमा लगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई मंगलबार बेलुका आकस्मिक रुपमा गृह मन्त्रालयमा सरुवा गरिएको थियो ।

भट्टराईमाथि नेपालबाट भिजिट भिसामा दुबईलगायतका मुलुक जानेबाट रकम असुल्ने गरेको आरोपमा उजुरी परेपछि अनुसन्धानमा तानिएका थिए ।

त्यसपछि बुधबार उनलाई अख्तियारले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

भट्टराई अहिले सोधपुछका लागि अख्तियारको नियन्त्रणमा छन् । विमानस्थल अध्यागमनका अनुसार अख्तियारले विमानस्थलबाट कम्प्युटरलगायतका कागजातसमेत नियन्त्रणमा लिएको छ ।

दैनिक ४ सय जनासम्मलाई भिजिट भिसामा पठाएर प्रतिव्यक्ति २० हजारदेखि ४० हजार रुपैयाँसम्म रकम असुल्ने गरेको उजुरी समेत अख्तियारमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077