काठमाडौं । गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।
गोरखाबाट आरुघाटतर्फ गइरहेको ग २ ख ९२५ नम्बरको बसको ठक्करबाट गोरखा नगरपालिका–४ फिनामकी चार वर्षीया सुविना सुर्खेतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार,आज दिउँसो बसबाट ओर्लिने क्रममा सोही बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको हो । घटनामा परेर बालिकाकी आमा २० वर्षीय विनीता सुर्खेती भने गम्भीर घाइते भएकी छिन् ।
विनीताको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको छ ।