काठमाडौं । ल्होत्से हिमाल आरोहण गरी फर्कने क्रममा एक भारतीय आरोहीको निधन भएको छ ।
जारी वसन्त ऋतुको आरोहण सिजनमा ल्होत्से हिमाल आरोहण गरी फर्कने क्रममा ल्होत्से फेसको एल्लो ब्यान्ड रिजन नजिक ४० वर्षिय राकेश कुमारको मृत्यु भएको पर्यटन विभागले जनाएको छ ।
विभागका अनुसार उनको जेठ ४ गते का दिन मृत्यु भएको हो । उनले ल्होत्से हिमाल आरोहण गर्न ४ वैशाख २०८२ का दिन एट के एक्स्पिडिसनबाट आरोहण अनुमति लिएका थिए ।
विभागले मृत शरीर काठमाडौं ल्याउन सम्बन्धित एजेन्सीसँग निरन्तर समन्वय र सहजीकरण गरिरहेको विभागद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।