सर्लाही , सर्लाहीको बागमती नगरपालिका–२, जिरायतमा दुुई मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ ।
मंगलबार अपरान्ह ४ बजेतिर पुतली चोकबाट सोल्टी बजारतर्फ जाँदै गरेको प्रदेश–३–०२–००६ प ७८६८ र बा. ५६ प ५२६ नम्वरको मोटरसाइकल आपसमा ठोक्किँएका थिए ।
दुर्घटनामा बा. ५६ प ५२६ नम्वरको मोटरसाइकल चालक रौतहटको बिसुनपूर्वा गाउँका ३३ वर्षीय नागेन्द्र साह सोनार र प्रदेश–३–०२–००६ प ७८६८ नम्वरको मोटरसाइकलका चालक काठमाडौँ महानगरपालिका २३ बसन्तपुरका ३० वर्षीय विवेक मानन्धरको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते दुवै चालकलाई उपचारका लागि अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।
दुर्घटनामा बा. ५६ प ५२६ नम्वरको मोटरसाइकल पछाडि बस्ने भारत बिहारका ३४ वर्षीया मुनिदेवी साह सोनार र रौतहटको विसुनपूर्वा गाउँकी ३२ वर्षीया चनचलदेवी साह घाइते भएका छन् । उनीहरुको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।