Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

मंगलवार , जेठ ७, २०८२

नवलपरासी । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६.५० प्रतिशत पुगेको छ ।

आयोजनका सूचना अधिकारी शिव खनालका अनुसार नारायणगढ–बुटवल सडकको कुल लम्बाइ ११३.५३ किलोमिटरमध्ये हाल एकतर्फी रूपमा ९०.८७ किमी सडक कालोपत्र भएको छ ।

समग्रमा कुल भौतिक प्रगति ६६.५० प्रतिशत पुगेको छ । पुलहरूले ओगटेको क्षेत्रबाहेक ११०.४६ किमी कालोपत्र गर्नुपर्नेछ ।

पुलले ३.०७ किमी क्षेत्र ओगटेको सूचना अधिकारी खनालले बताए । हाल यस खण्डमा यात्रा गर्ने सवारीले ९३.९४ किमी कालोपत्र सडकमा यात्रा गर्नसक्ने उनले बताए ।

यो कुल लम्बाइको ८३ प्रतिशत भाग कालोपत्र सडकमा यात्रा गर्न सकिने भएको सूचना अधिकारी खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077