Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

डोटीमा चट्याङ लागेर महिलाको मृत्यु, अनमी गम्भीर घाइते

डोटीमा चट्याङ लागेर महिलाको मृत्यु, अनमी गम्भीर घाइते

मंगलवार , जेठ ७, २०८२

डोटी । डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु छ । पूर्वीचौकी गाउँपालिका–२ वाडीमा चट्याङ लागेर सोही ठाउँ बस्ने ४० वर्षीया देउमती साउँदको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनी आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा सोमबार साढे ५ बजेतिर चट्याङले लागेको थियो ।

गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको थियो तर चिकित्सकले मृत घोषणा गरेका थिए ।

यस्तै, चट्याङ लागेर सोही ठाउँको बगलेक स्वास्थ्य चौकीमा कार्यरत अनमी ३६ वर्षीया अस्मिता ओली विष्ट पनि गम्भीर घाइते भएकी छन्। उनलाई थप उपचारका लागि धनगढी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077