Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

सोमवार , जेठ ६, २०८२

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–३, सोलुङमा घाँस काट्ने क्रममा लडेर आज दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सोलुङस्थित कटोर्के सामुदायिक वनमा घाँस काट्न गएका दुई महिलाको मृत्यु भएको हो ।

ऋषिङ–३ की ६२ वर्षीया श्रीमाया राना र देवघाट गाउँपालिका–२ की २६ वर्षीया खिमसरा मगरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

उनीहरू बिहान करिब ७ बजे घाँस काट्न गएका थिए । तर, फर्किएनन् । नफर्किएपछि खोजतलास गर्ने क्रममा घाँस काटेको स्थानदेखि अन्दाजी १०० मिटर तल उनीहरूको शव भेटिएको थियो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077