काठमाडौं । सिंहदरबारमा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ । आज एक कार्यक्रमकाबीच खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी वितरण शुभारम्भ गरे ।
मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भएपछि सिंहदरबारभित्र जार र बोतलको पानी विस्थापित हुने बताए ।
सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालय तथा कार्यालयमा मेलम्चीको पानी पु¥याउनका लागि पाइप लाइनको विस्तार गरिने उनको भनाइ थियो ।
काठमाडौं उपत्यकामा २०७७ साल चैत २० गते मेलम्चीको पानी वितरणको शुरुवात गरिएको थियो ।
उपत्यकामा पानी वितरण शुरु गरिएको पाँच वर्षपछि बल्ल आजबाट मुलुककै प्रशासनिक केन्द्र सिंहदरबार भित्र पानी वितरण शुरु गरिएको हो ।
तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ साल चैत २० गते भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर उद्घाटन गरेकी थिइन् ।