Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली सरकारप्रति कांग्रेसमा असन्तुष्टि बढ्दो, देउवामाथि दबाब बढाउँदै नेताहरू

ओली सरकारप्रति कांग्रेसमा असन्तुष्टि बढ्दो, देउवामाथि दबाब बढाउँदै नेताहरू

सोमवार , जेठ ६, २०८२

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसभित्र सरकारविरुद्ध असन्तुष्टि बढ्दो छ । सदनदेखि सार्वजनिक कार्यक्रमका साथै पार्टीकै बैठकमा सरकारविरुद्ध कांग्रेसको असन्तुष्टि पोखिँदै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध नेताहरूले असन्तुष्टि पोखे पनि कांग्रेस सभापति शेरबहादुर देउवाले साथ छोड्ने संकेत गरेका छैनन् ।

देउवा अहिले तत्कालै सत्तासहकार्य तोड्ने पक्षमा देखिएका छैनन् । यद्यपि, कांग्रेसभित्रैको असन्तुष्टि देख्दा लामो समयसम्म सत्ता सहकार्य हुन्छजस्तो पनि देखिँदैन ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमै ‘सरकार’ सरकार जसरी चल्न नसकेको टिप्पणी कांग्रेस सांसदले नै गरेका छन् । कांग्रेस सांसद सञ्जयकुमार गौतमले कांग्रेस र नेकपा एमालेसहित मिलेर बनेको सरकारको अनुभूति आफूले नगरेको बताए । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077